सुदूर नेपाललाई विश्वसँग जोड्दै

एम्बुलेन्स चालक मल्लको उपचारका लागि व्यवसायी हमालद्वारा २१ हजार सहयोग

२०७७ असार ३१, ०३:१९ खबर संवाददाता

धनगढी: घरको छतबाट लडेर गम्भिर घाईते भएका कैलालीका एम्बुलेन्स चालक रमेश मल्लको उपचारका लागि कैलालीका व्यवसायी गोपाल हमालले सहयोग गरेका छन्।

नेपाल उद्योगा वाणिज्य महासंघका पूर्व केन्द्रित सदस्य, सुन्दर सुदूरपश्चिमका अभियान्ता, दिनेश सञ्चार गृहका प्रवन्ध निर्देशक तथा साझा पार्टीका सुदूरपश्चिम संयोजक हमालले मल्लको उपचारका लागि २१ हजार सहयोग गरेका हुन्। आर्थिक अभावका कारण मल्लको उपचारमा समस्या भएपछि सहयोग संकलनका लागि अभियानको समेत सुरुवात गरिएको छ।

‘एम्बुलेन्स चालक रमेश मल्ल बचाउ अभियान’ नाम दिई मल्ललाई बचाउन आवश्यक सहयोग जुटाउन थालिएको हो। गोदावरी नगरपालिका–२ का मल्ल विगत १० वर्षदेखि अत्तरियामा एम्बुलेन्स चलाउँदै आएका थिए। असार ७ गते घरबाट लडेर घाइते भएका मल्लको धनगढी तथा नेपालगञ्जमा उपचार सम्भव नभएपछि भक्तपुरमा रहेको मेडिसिटि अस्पतालमा उपचार भईरहेको छ।

हालसम्म उपचारमा २० लाख भन्दा बढी खर्च भईसकेको र रकम अभावले उपचारमा समस्या देखिन थालेपछि अभियान थालेको अभियानका संयोजक रामचन्द्र भट्टले बताए।

एम्बुलेन्स चालक रमेश मल्ल बचाउ अभियानमा सहयोग गर्न चाहने सहयोगीदाताहरुले अत्तरियामा शाखा कार्यालय रहेको प्रभु बैंक लिमिटेडको खाता नम्बर १७९०१५०२५०९०००१० मा जम्मा गरिदिन भट्टले अनुरोध गरेका छन्।

 

कमेन्ट लोड गर्नुस