सुदूर नेपाललाई विश्वसँग जोड्दै

विप्लव नेतृत्वको पार्टीका सेती महाकाली इञ्चार्ज ओमप्रकाश पुन धनगढीबाट पक्राउ

२०७७ असार ३१, ०८:५१ खबर संवाददाता

धनगढी :  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीेका केन्द्रिय सदस्य तथा सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन पक्राउ परेका छन्। कैलालीको कनरी क्षेत्रबाट पक्राउ परेका पुनलाई जिल्ला प्रहरी कार्यालय ल्याउन लागिएको छ।

फुलवारीबाट धनगढी आउने क्रममा उनलाई कनरीबाट पक्राउ गरिएको प्रहरी स्रोतल बतायो। उनीसंगै एक जना अखिल नेपाल महिला संघ क्रान्तीकारीकी पूर्व केन्द्रिय सदस्यलाई पनि पक्राउ गरिएको छ।

पुन आफैले पार्टीका समकक्षीलाई फोन गरेर आफु पक्राउ परेको बारेमा जानकारी दिएका थिए। पुनको केही दिनदेखि प्रहरीले खोजी गर्दै आएको थियो।

कमेन्ट लोड गर्नुस