सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा गाउँपालिकाका सूचना अधिकारी ८५ हजार घुससहित पक्राउ

२०७७ असार ३०, ०२:४२ खबर संवाददाता

धनगढी : कैलालीमा एक गाउँपालिकाका सूचना अधिकारीलाइ ८५ हजार घुस सहित अख्तियारले पक्राउ गरेको छ। जिल्लाको जोशीपुर गाउँपालिकाका नासु तथा सूचना अधिकारी सिद्धराज जोशी ८५ हजार घुस सहित पक्राउ परेका हुन्।

अख्तियार दरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले उनलाई पक्राउ गरेको हो। कार्यालयका निमित्त प्रमुख महेश पाण्डेयका अनुसार जोशीले सीपमुलक तालिममा सहजीकरण गरेको भन्दै ८५ हजार घुस लिएका थिए। 

‘घुस रकम अख्तियारको टोलीले सोमवार नै बरामद गरेको थियो,’ पाण्डेयले दिनेश खवरलाई भने, ‘मंगलवार विहानै उनलाई पक्राउ गरिएको छ।’ 

कमेन्ट लोड गर्नुस