सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, दुई जना घाईते

फोटो : ज्ञानेन्द्र थापा
फोटो : ज्ञानेन्द्र थापा
२०७७ असार ३०, १२:१७ खबर संवाददाता

धनगढी : कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाईते भएका छन्। जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर १ बलभद्र बस्तीमा गएराति साढे ९ बजे से ३ प ३७९७ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाईते भएका हुन्।

कञ्चनपुर भीमदत्त नगरपालिकाका बिशाल चौधरी र कैलाली रतनपुरका छोटुलाल चौधरी घाईते भएका हुन्। दूबैजनाको अहिले पुनर्वास पोलिक्लिनिकमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरवहादुर थापाक्षेत्रीले महेन्द्रनगरदेखि बुटावारी तर्फ आउँदै गरेको मोटरसाईकल अनियन्त्रि भएर पानी ट्याङकरमा ठोक्किदा दुर्घटना भएको जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस