सुदूर नेपाललाई विश्वसँग जोड्दै

अभिषेक बच्चनलाई पनि कोरोना सङ्क्रमण

२०७७ असार २८, ०८:२१ खबर संवाददाता

बलिउड अभिनेता अमिताभ बच्चनसँगै उनका  छोरा तथा अभिनेता अभिषेकलाई पनि कोरोना पुष्टि भएको छ।

अभिषेकले आफ्नो आधिकारिक ट्विटरमार्फत् आफू र बुवा अमिताभलाई कोरोना सङ्क्रमण भएको जानकारी दिएपछि दुवैजनालाई अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अभिषेकले दुवैजनालाई कोरोनाको सामान्य लक्ष्यण देखिएको ट्वीटरमार्फत् जानकारी दिएका छन्।

अहिले उनीहरुका परिवारका अरु सदस्यकोसमेत  कोरोना परीक्षण भइरहेको छ। परिवारका सदस्यको रिपोर्ट भने आज आउने जनाइएको छ। 

 

 

कमेन्ट लोड गर्नुस