सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा विप्लवका एक कार्यकर्ता पक्राउ, एक फरार

२०७७ असार २७, ०४:३६ खबर संवाददाता

बैतडी: बैतडीमा प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव'का एक कार्यकर्तालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको दोगडाकेदार गाउँपालिका ६ सित्तडका ३२ वर्षीय करन ऐरी(कर्णाली) रहेका छन्।

पक्राउ परेका ऐरी विप्लव समूहका गाउँकमिटी सदस्य रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले बताए। डराई धम्काई चन्दा असुली गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा भागिरहेको अवस्थामा ऐरीलाई कटौजबाट नियन्त्रणमा लिएको प्रहरी निरीक्षक जैसीले बताए। 

डिलाशैनी क्षेत्रमा उनीहरुले चन्दा आतंक मच्चाएको भन्ने जनगुनासो आएपछि गोकुलेश्वर प्रहरी चौकीका प्रहरी नायव निरीक्षक मनोज साउँद नेतृत्वको टोलीले ऐरीलाई पक्राउ गरेको जनाएको छ। ऐरीसंगै रहेका विप्लव समूहका दार्चुला जिल्ला इञ्चार्ज रामसिंह कुँवर भने फरार रहेका र उनको खोजी कार्य जारी रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारी बताए। 

पक्राउ परेका ऐरीलाई भने थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ।

कमेन्ट लोड गर्नुस