सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा पानीको थैली सहित शिशुको जन्म

२०७७ असार २१, ०७:४६ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा पानीको थैली सहित शिशुको जन्म भएको छ। डडेल्धुरा अस्पतालमा शनिबार पानीको थैली सहितको शिशुको जन्म भएको हो। ’इन काउल बर्थ’ भनिने यस्तो घटना प्रसूति प्रकृयामा निकै दुर्लभ मानिने चिकित्सकहरुले बताएका छन्।

डडेल्धुरा अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर राजन शाहले डोटीको दीपायल सिलगढी नगरपालिकाकी २८ वर्षीया महिलाको शल्यक्रिया मार्फत प्रसूति गराउने क्रममा ’इन काउल बर्थ’ भएको बताए।

डाक्टर शाहका अनुसार जुम्ल्याहा शिशुलाई जन्म दिएकी बोहोराको  दोस्रोपटक निकालिएका शिशु पानीको थैलीसहितको जन्मिएको हो। उनकोे तौल दुई किलो ६ सय ग्राम रहेको अस्पतालले जनाएको छ।

डाक्टर शाहका अनुसार अनुसार यस्तो घटना ८० हजार जन्ममा एउटा हुने गर्दछ। सबै बच्चा गर्भमा रहँदा पानीको थैलीमा हुने गरेपनि जन्मिने क्रममा प्रायः यो थैली आफैँ फुट्ने गर्दछ। तर चिकित्सकले ती शिशुलाई पानीको थैलीसहित निकालेका हुन्।  
 

कमेन्ट लोड गर्नुस