सुदूर नेपाललाई विश्वसँग जोड्दै

विष्णु जोशीले ल्याए ‘ल्याँङ भो’ (भिडियोसहित)

२०७७ असार २०, ०१:४५ खबर संवाददाता

धनगढी: विष्णु जोशीको ‘ल्याँङ भो’ नामक व्यांग्यात्मक गीत भिडियो सार्वजनिक भएको छ। मदर नेपालको आधिकारिक युट्युब च्यानलमार्फत् सार्वजनिक भएको म्युजिक भिडियोमा विशाल पौडेलको स्वर र संगीत रहेको छ।

भिडियोमा पौडेलकै संगीत संयोजन, प्रदीप जोशीको मिक्सिङ र मास्टरिङ रहेको छ। अमेरिकामा विज्ञान विषयमा विद्यावारिधी गर्दै गरेका ‘ल्याँङ भो’ गीतका रचनाकार विष्णु जोशीले आफ्नो पहिलो प्रस्तुती आफ्नै युट्युब च्यानल ‘मदर नेपाल–नेपाल आमा’ द्वारा सार्वजनिक गरेका हुन्।

कमेन्ट लोड गर्नुस