सुदूर नेपाललाई विश्वसँग जोड्दै

साम्राज्ञीविरुद्ध भुवन केसीको उजुरी, छानविनको माग

२०७७ असार १९, ०९:२४ खबर संवाददाता

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफूमाथि लगाएको दुव्र्यवहारको आरोप निराधार रहेको अभिनेता तथा निर्माता भुवन केसीले बताएका छन।

केसीले बिहीबार नेपाल चलचित्र कलाकार संघलाई आफ्नो चरित्र हत्या हुने किसिमका आरोप लगाएकाले छानविन गरिपाउँ भनि निवेदन लेखेका छन।

‘सामाजिक सन्जालमा अभिनेत्री साम्राज्ञीले मविरुद्ध विभिन्न आक्षेप आरोपहरु लगाइ मनगढन्ते र निराधार चरित्र हत्या हुने किसिमका कुराहरु व्यक्त गरेको देखिएकाले सो सम्बन्धमा आवश्यक छानविन गर्नका लागि यो निवेदन पेश गरेको छु।’ निवेदनमा भुवनले लेखेका छन।

साम्राज्ञीले केहीदिन अघि एक भिडियो सार्वजनिक गर्दै भुवन केसीले आफूमाथि दुव्र्यवहार गरेको बताएकी थिइन। त्यसको जवाफमा भुवनमा बिहीबार कलाकारसंघलाई निवेदन लेखी छानविनको माग गरेका हुन।

कमेन्ट लोड गर्नुस