सुदूर नेपाललाई विश्वसँग जोड्दै

“छैनौ तिमी" लिएर आईन मेलिना (भिडियो सहित)

२०७७ असार १८, ०१:२६ खबर संवाददाता

धनगढी: एउटीआमालाई थाहा  हुन्छ सन्तान  गुमाउनुको पिडा। सन्तान को पिडा एउटि आमाले कसरी सहन्छे। सन्तान बियोगको पीडा भुल्न खोज्दा कहिले सम्हालिन्न आमाको मन। 

सरिता सारु मगर "डाँगी" को वास्तविक जिन्दगीमा  आधारित  “छैनौ तिमी" गीतको मार्मिक म्युजिक भिडियो सार्वजनिक भएको छ। सरिताले आफ्नो छोरा धिरजलाई गुमाए पछि उनको सम्झनामा यो म्युजिक भिडियो तयार पारिएको हो।गीतको भिडियोमा अल्पायुमै आफ्नो छोरा गुमाउनुको पिडा लाई अतिनै मार्मिक तरिकाले प्रस्तुत गरिएको छ।  

यस गीतमा स्वर चर्चित गायिका मेलिना राईको रहेको छ भने गीतका मनछुने शब्द सरिता सारु मगरले लेखेकी हुन्।  गीतमा संगीत नविन कार्कीको रहेको छ भने  संगीत संयोजन सुमन केसीले गरेका हुन्।

म्युजिक भिडियोमा देशनरेश अधिकारी,  कल्पना घिमिरे , सौरभ राई ,युनिक राईको जिवन्त अभिनय देख्न सकिन्छ।  ज्ञानेन्द्र  कोइरालाले छायांकन र सम्पादन गरेको भिडियोलाई देशनरेश अधिकारीको निर्देशनमा तयार पारिएको हो।

कमेन्ट लोड गर्नुस