सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रशान्त र निरुताको ‘माईत आउली’ तीज गीत सार्वजनिक(भिडियोसहित)

२०७७ असार १६, ०७:०१ खबर संवाददाता

धनगढी: लोक तथा दोहोरी गायक प्रशान्त खड्का र लोक तथा डेउडा गायिका निरुता खत्रीको स्वरमा रहेको ‘माईत आउली’ तीज गीत सार्वजनिक भएको छ। प्रशान्त खड्काको लय रहेको उक्त गीत मंगलबार सार्वजनिक भएको हो। 

बिबी आले र गणेश बोहोराको शब्द रहेको गीतको भिडियोमा गयक टंक तिमिल्सीना, पूर्णिमा गुरुङ्ग, बिबी आले, निर्मला क्षेष्ठ र संजोग थापा मगरले अभिनय गरेका छन्। उक्त भिडियो छायाँकन दिपक अधिकारीले गरेका हुन्। कोरोना भाइरसलाई लक्षित गरेर सन्देशमुलक गीत ल्याएको गायक खड्काले बताए। 

नेपाली परम्परा अनुसार तीजको समयमा चेलीबेटीहरु माइत आउने चलन छ। गीतले कोरोना भाइरसको महामारी फैलिएका कारण यो नियन्त्रण भए मात्रै ‘माईत आउनु’ भन्ने सन्देश दिएको छ। 

कमेन्ट लोड गर्नुस