धनगढी सुपरमार्केटको भाडामा ५० प्रतिशत छुट
धनगढी: धनगढी सुपर मार्केटलाई भाडामा सटर दिएका एक दम्पतीले पाउने भाडामा ५० प्रतिशत छुट दिने भएका छन्। धनगढीमा विगत ३० वर्षदेखी व्यवसाय गर्दै आएका मिश्र जनरल स्टोरका संचालक खेमराज मिश्र र उनकी धर्मपत्नी कुर्मा मिश्र दाहालले आफुहरुले लिँदै आएको सटर भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेका हुन।
साल्ट ट्रेडिङ अगाडि रहेको धनगढी सुपर मार्केटमा रहेका १८ ओटा सटरबाट मासिक २ लाख भाडा उठाउँदै आएका उनीहरुले लकडाउन भएको ३ महिना अवधिको भाडामा छुट दिने निर्णय गरेका छन्। लकडाउनका कारण व्यवसायीहरुले व्यवसाय गर्न नपाएका कारण चैत्र, बैशाख र जेठ गरी तिन महिनाको भाडामा केहि राहत पुगोस भन्ने उद्देश्यले ५० प्रतिशत छुट दिने निर्णय गरेको मिश्रले बताए। भाडामा छुट पाएपछि सुपर मार्केटमा व्यवसाय गरिरहेका व्यापारीहरुले राहत महश्ुुस भएको बताएका छन्।
मिश्र दम्पतीले यसअघि पनि ह्युमानिटी फाउन्डेसनलाई डडेल्धुरामा पिसीआर मेसिन स्थापनाका लागि एकलाख रुपैंया सहयोग गरेका थिए।