कञ्चनपुरकाे पुनर्वासकी एक किशाेरी वेपत्ता
कञ्चनपुर: कञ्चनपुरमा एक किशाेरी वेपत्ता भएकी छन्। जिल्लाकाे पुनर्वास नगरपालिका–५ अन्तर्गत ग–गाउँ सिमरी लाइन (१८ नम्बर) की मन्धिरे थापा र आमा जानकी थापाकी अन्दाजी २० वर्षीया छोरी अनिता थापा (घरमा बोलाउने नाम विष्णु) असार १९ गते शुक्रबार रातिदेखि हराइरहेकाे परिवारले जनाएकाे छ।
उनि घरमा कसैलाई जानकारी नदिई अचानक सम्पर्कविहीन भएकी हुन्। परिवारका अनुसार उनी रातिदेखि बेपत्ता भएपछि आफन्त, छिमेकी तथा सम्बन्धित निकायमार्फत खोजी कार्य तीव्र रूपमा जारी रहेको छ। हालसम्म उनको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेको र परिवार अत्यन्तै चिन्तित अवस्थामा रहेको जनाइएको छ।
यदि कसैले अनिता थापालाई देखेमा नजिकको प्रहरी कार्यालयमा वा परिवारका सदस्यलाई तत्काल जानकारी गराइदिन परिवारले आग्रह गरेको छ। जानकारीका लागि मन्धिरे थापा (बुवा) ९८०५७६५०११ र गणेश थापा (दाइ) ९८२५७५४८४४ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।