सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्रहरी इन्सपेक्टर र कानुन व्यवसायी ५० हजार घुससहित पक्राउ

२०७७ असार ११, ०६:५९ खबर संवाददाता

धनगढी : जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यारत प्रहरी निरिक्षक र एक जना कानुन व्यवसायी ५० हजार घुस सहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरिक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्टलाई पक्राउ गरेको हो।

अख्तियार कञ्चनपुरका सूचना अधिकारी टोपवहादुर विष्टले विशेष सूचनाको आधारमा कानुन व्यवसायी विष्टको फर्ममा छापा हानेको बताउँदै उनीहरु दुवै जनालाई ५० हजार घुस सहित रंगेहात पक्राउ गरिएको बताए।

जवरजस्तीकरणी र सार्वजनिक हित विरुद्धको दुई वटा मुद्धा मिलाईदिन्छु भन्दै उनीहरुले ५० हजार घुस लिएको सूचना अधिकारी विष्टले बताए। कानुन व्यवसायी विष्टले बिचौलीयाको भूमीका खेलेको र घुस रकम बुझ्न प्रहरी निरिक्षक कार्की पनि कानुन व्यवसायीको फर्ममा आएको समयमा पक्राउ गरिएको अख्तियार कञ्चनपुरका सूचना अधिकारी विष्टले दिनेश खवरलाई जानकारी दिए।

कमेन्ट लोड गर्नुस