सुदूर नेपाललाई विश्वसँग जोड्दै

बलिउड अभिनेता गोविन्दाको कार दुर्घटना

२०७७ असार ११, ०१:२१ खबर संवाददाता

चर्चित बलिउड अभिनेता गोविन्दाको कार दुर्घटना भएको छ। उनको कारमा बुधवार साँझ यशराज ब्यानरसँग आबद्ध एक व्यक्तिको गाडीले ठक्कर दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। 

तर कारमा गोविन्दा नभइ उनका छोरा यशवर्धन आहुजा र चालक सवार रहेका थिए। दुर्घटनामा दुवै गाडीमा सामान्य क्षति भएको  छ।

घटनापछि जुहु पुलिस स्टेशनमा उजुरी दर्ता गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस