सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका २१ संक्रमित कुन वडाका कति ?

२०७७ असार ८, ०७:०१ खबर संवाददाता

धनगढी : सोमवार कैलालीका ८० जनामा कोरोना पुष्टि भएकोमा धनगढीका मात्रै २१ जना रहेका छन्। धनगढी प्रयोगशालमा भएको परीक्षणमा धनगढी उप–महानगरपालिकाका २१ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

उनका अनुसार पााँच महिला र १६ जना पुरुषमा आज कोरोना पुष्टि भएको हो। धनगढी उप–महानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मिराज उपाध्यायका अनुसार २१ जनामा सबैभन्दा बढि वडा नम्वर १२ का रहेका छन्। उनले वडा नम्वर १२ का १० जनामा कोरोना पुष्टि भएको बताए। 

उनका अनुसार वडा नम्बर १८ मा तीन, वडा नम्बर ७ र १० मा दुई/दुई, वडा नम्बर १४, १५, १६ र १७ मा एक÷एक जनामा कोरोना पुष्टि भएको हो। 
 

कमेन्ट लोड गर्नुस