धनगढीमा वर्षा
धनगढी : सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा वर्षा भईरहेको छ। धनगढी उपमहानगरपालिका आसपासका क्षेत्रमा वर्षा भईरहेको हो। जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन देशैभर फैलिएको जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै मनसुन देशैभर फैलिएकाले पूर्वतयारी (वर्षा, बाढी, पहिरो तथा डुबानबाट बच्न) मा लाग्न आह्वान गरेको छ।
महाशाखाका अनुसार यही जुन १२ मा देशको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुन जुन २१ देखि देशैभर फैलिएको हो।
योसँगै सोमबार देखि वर्षाको मात्रा ह्वात्तै बढ्ने र बाढी, पहिरो, डुबानको सम्भावना भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।