डडेल्धुराबाट कोरोना पोजेटिभ भागेपछि..
डडेल्धुरा- डडेल्धुराबाट पीसीआरमा कोरोना रिर्पाेट पोजेटिभ आएकाहरु भागेका छन्। जिल्लाको परशुराम नगरपालिका वडा नम्बर १२ मा रहेको शिद्धनाथ आधारभूत विद्यालयमा व्यवस्थापन गरिएको आइसोलेसनबाट नौ जना कोरोना संक्रमित भागेका हुन्।
नगरपालिकाका स्वास्थ्य संयोजक तेजबहादुर सिँहका अनुसार २९ जना संक्रमितलाई आईसोलेसनमा राखिएकोमा नौ जना भागेका हुन्। सिँहले भने, ‘एक जना मात्र सुरक्षाकर्मी छन्। सुविधा नभएको भन्दै नौ जना भागेछन्। उनीहरुलाई प्रहरी ल्याउदैछ। एम्बुलेन्समा राखिएको खबर आएको छ।’
नगरपालिकाकाे वडा नम्बर ५ को क्वारेन्टिनमा रहेका उनीहरुमा शुक्रवार कोरोना पीसीआर रिर्पाेट पोजेटिभ आएको थियो। नगरपालिकाले व्यवस्थापन गरिएको शिद्धनाथ आधारभूत बिद्यालयको आइसोलेसनमा उनीहरुलाई राखिएको थियो।