सुदूर नेपाललाई विश्वसँग जोड्दै

छोरी बलात्कार गर्ने बुवा पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७७ असार ६, ०३:३९ खबर संवाददाता

आफ्नी अविवाहित छोरी बलात्कार गरेको आरोपमा पाल्पामा एक बुवा पक्राउ परेका छन्। ३१ वर्षीया अविवाहित  छोरीलाई बलात्कार गरेको आरोपमा ५९ वर्षीय बुवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए।  

बावुले पटक पटक अविवाहित छोरीलाई डरधम्की देखाई पटकपटक बलात्कार गर्दै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ। पक्राउ उनको मुद्दा आईतवार जिल्ला अदालत पाल्पामा दर्ता गर्ने सूचना अधिकारी प्रहरी निरिक्षक श्रेष्ठले बताए।
 

कमेन्ट लोड गर्नुस