सुदूर नेपाललाई विश्वसँग जोड्दै

९ बुँदे मागसहित कांग्रेस डडेल्धुराद्वारा प्रधानमन्त्रीलाई विशेष ज्ञापनपत्र

२०७७ असार २, ०३:४७ खबर संवाददाता

धनगढी: नेपाली कांग्रेस डडेल्धुराले कोरोनाभाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न सरकारले अहिले गरिरहेको प्रयासले सफल हुन नसक्ने जनाएको छ। मंगलबार प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई डडेल्धुरा कोरोनाको उच्च जोखिममा रहेको भन्दै कांग्रेसले ९ बुँद्धे मागसहित ज्ञापनपत्र बुझाएको छ। 

नेपाली कांग्रेसका डडेल्धुराका पार्टी सभापति तथा सुदूरपश्चिम प्रदेश सांसद कर्णबहादुर मल्लद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा नेपाली कांग्रेसको निरन्तरको सहयोग, सिमित स्रोत र साधनका वावजुत पनि स्वास्थ्यकर्मीहरुको अग्रपंक्तिमा खटाई, सञ्चारमाध्यम, नागरिक समाज र आम जनताको खबरदारी र साथ सहयोगको अनुकुलताको वावजुतपनि सरकारको अकर्मण्यता, असक्षमता र असम्वेदन शिलताका कारण कोरोना बिरुद्धको लडाइमा अनपेक्षित क्षति बेहोर्नुपरेको जनाइएको छ।  ज्ञापनपत्र भनिएको छ, ‘प्रमुख प्रतिपक्षको साथ समर्थनका बावजुत पनि सरकार कोरोना भाइरसको महामारी नियन्त्रण गर्न, देश र जनतालाई विपदबाट सुरक्षित राख्न पूर्ण रुपले असफल देखिएको छ।’

साथै उसले संक्रमणको सम्भाव्य अवस्थालाई सरकारले संवेदनशील रुपमा नलिएको आरोप पनि लगाएको छ। ‘देश यस्तो भयाभह अवस्थाबाट गुज्रदै गर्दा आम जनमानसले अभिभावक मानेको सरकार जनताका माझमा देखिदैन र जनतालाई अभिभावकत्व दिने दायित्वबाट सरकार पूर्ण रुपमा चुकेको महसुस भएको छ। अतः सरकार आफ्नो कर्तव्यबाट च्युत हुदै कामका लागि भन्दा पनि नाफाका लागि भएको हाम्रो ठहर छ’ ज्ञापनपत्र भनिएको छ। 

यस्तो छ ९ बुँदे मागसहितको ज्ञापनपत्र

बिशेष ज्ञापनपत्र । 

सम्माननीय प्रधानमन्त्री ज्यू 
नेपाल सरकार ,मन्त्रीपरिषदको कार्यालय ,
सिहदरवार, काठमाण्डौ ।
मार्फत, जिल्ला प्रशासन कार्यालय , डडेल्धुरा 

महोदय,
         नेपाल लगायत विश्व अहिले कोरोना भाइरस ९अयखष्म(ज्ञढ० बाट प्रताडित भैरहेको छ । विश्वभर मानव सभ्यता र मानवता नै जर्जर अवस्थामा पुगेको छ । हाम्रो देश नेपालमा कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको छ भने हाम्रो जिल्ला डडेल्धुरामा पनि कोरोना महामारीको जोखिम अप्रत्यासित रुपमा तिब्र गतिमा बढ्दै जाने सम्भावना देखिन्छ । आज सम्म करिब ७०००। जना भन्दा बढी नागरिकहरु विदेशबाट फर्केका छन । ती मध्ये करिब २,४७६। जना नागरिकहरु जिल्लाभरका बिभिन्न स्थानिय तहमा क्वाराईन्टाइनमा रहेका छन । जिल्ला भरमा ३९ जना मानिसमा कोरोना रोगको पुष्टी भैसकेको छ । यसबाट पुष्टी हुन्छ की हाम्रो जिल्ला डडेल्धुरा कोरोना प्रभावबाट निकै प्रताडित हुने उच्च जोखिममा रहेको छ ।

नेपाली काँग्रेसले कोरोना भाइरसको प्रभाव देखिएको प्रारम्भ देखि नै यसबाट उत्पन्न हुने तत्कालिन एवं दिर्घकालिन नकारात्मक प्रभाव र यस विपतबाट उत्पन्न समस्यालाई न्यूनिकरण गर्न सुक्ष्म रुपले अध्ययन गरि कोरोना बिरुद्धको लडाइमा सरकार लगायत सबैलाई साथ र सहयोग दिदै आएको छ  । पार्टीले जिल्ला भित्र बिभिन्न अफ्ठेरोमा परेका नागरिकहरुलाइ हरतवरले सहयोग गरेर मानव सेवा र राहत उपलब्ध गराउने सन्दर्भमा अग्रणी भूमिका निभाउदै आएको छ । यसरी नेपाली काँग्रेसको निरन्तरको सहयोग, सिमित स्रोत र साधनका बावजुत पनि स्वास्थ्यकर्मीहरुको अग्र पंतिमा रहेको खटाई , संचार माध्यम , नागरिक समाज र आम जनताको खबरदारी र साथ सहयोगको अनुकुलताको बाबजुत पनि सरकारको अकर्मण्यता, असक्षमता र असम्वेदन शीलताका कारण कोरोना बिरुद्धको लडाइमा अनपेक्षित क्षति बेहोर्न परेको छ । नेपाल सरकार समयको गम्भीर नहुदाको परिणाम आज संक्रमण व्यापक रुपमा बढी राखेको छ । कोरोना भाइरसका कारणले उत्पन्न समस्याका कारण कैयन नागरिकहरु अन्य रोग भोक र मानसिक तनावले जीवन गुमाइ राखेका छन । यस्तै कतिपय नागरिकहरुले आत्महत्याको बाटो समेत रोजेका छन् । देश यस्तो भयाभह अवस्थाबाट गुज्रदै गर्दा आम जनमानसले अभिभावक मानेको सरकार जनताका माझमा देखिदैन र जनतालाई अभिभावकत्व दिने दायित्वबाट सरकार पूर्ण रुपमा चुकेको महसुस भएको छ । अतः सरकार आफ्नो कर्तव्यबाट च्युत हुदै कामका लागि भन्दा पनि नाफाका लागि भएको हाम्रो ठहर छ । राष्ट्रिय बिपत्तिको यस्तो अवस्थामा स्वास्थ्य सामग्री खरिदमा अनियमितिता तथा भ्रष्टाचारमा लिप्त भएको घटनाले सबै नागरिकलाई स्तब्ध तुल्याएको छ ।  प्रमुख प्रतिपक्षको साथ समर्थनका बावजुत पनि सरकार कोरोना भाइरसको महामारी नियन्त्रण गर्न , देश र जनतालाई विपदबाट सुरक्षित राख्न पूर्ण रुपले असफल देखिएको छ । 

कोरोना भाइरसको उच्च जोखिम र नागरिकमा संत्रास रहेको वर्तमान अवस्थामा हामी सरकार संग प्रकोप नियन्त्रण गरि देश र जनतालाई विपदबाट जोगाउन तत्काल निम्न लिखित कार्यहरु गर्न जोरदार माग गर्दछौँ । 
१ सरकारले २०७७ जेष्ठ २० गते कोरोना भाइरस राष्ट्रिय परिक्षण निर्देशिका जारि गरि सिमटम फ्रि भएको तीन दिन र भर्ना भएको १४ दिनपछि परिक्षण नै नगरि आइसोलेसनबाट घर पठाउने अत्यन्त गैरजिम्मेवार निति लिएको छ , अतः परिक्षण निर्देशिका संसोधन गरि पी.सी.आर. परिक्षण पछि मात्र बिरामीलाई डिस्चार्ज गर्ने व्यवस्था अबिलम्ब गरियोस ।

२ पी.सी.आर. परिक्षणको दायरा व्यापक बनाइ परिक्षण संग सम्बन्धित कीट आवश्यक उपकरण जनशक्तिको व्यवस्थापनका साथै मृत्यु भएका सबैको अनिवार्य कोरोना परिक्षण गर्ने व्यवस्था मिलाइयोस ।

३ अधिकांस क्वाराइनटाइनहरु कोरोना संक्रमणका आखडा बनेका छन । अतः क्वाराइनटाइनमा सामाजिक दुरी कायम,शौचालय , पिउने पानी, खाना, औषधि उपचारको उचित व्यवस्था गरि क्वाराइनटाइन संचालन गर्न स्थानीय सरकारलाई आवश्यक आर्थिक र प्राविधिक सहयोगको सुनिश्चित गरियोस ।

४  कोराना भाइरस बाहेक अन्य रोगको सम्बन्धमा खोप, औषधि , प्रतिरोधात्म , उपचारात्मक सबै सेवा बिना अवरोध पाउने सुनिश्चितता गरियोस ।

५  विभिन्न देशहरुमा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु विचल्लीमा परेका छन । नेपाल फर्कन चाहने उहाँहरुलाई नेपाल सरकारले घर फर्काउन गरेको प्रयास अपर्याप्त छ , तसर्थ उनीहरुलाई सुरक्षित तवरले देश भित्र फर्काउने प्रबन्ध मिलाइयोस ।

६ नेपाल र नेपाल बाहिर भएको लकडाउनका कारण लाखौँ नेपालीहरुले रोजगार गुमाएका छन , औपचारिक र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरुको रोजगार गुमेको छ, सानो तिनो व्यवसाय गरेर खानेहरु जीविकोपार्जनको कठीन मोडमा उभिएका छन । अतः देशमा व्यापक रोजगारीको सृजना गरि अर्थतन्त्रलाई चलायमान गर्न उद्योग व्यवसाय र कृषि संग जोडिएका क्षेत्रहरुमा ठोस राहत र सहयोग घोषणा गर्न हामी नेपाल सरकारको ध्यानाकर्षण गरादछौँ । 

७ राहत वितरण गरिनु पर्ने श्रमिक , बेरोजगार, अपाङ्गता भएका नागरिक , एकल महिला,बिद्यार्थीहरुको उचित पहिचान गरि न्यायोचित रुपमा राहत वितरण गरियोस र राहत सामग्रीहरुको गुणस्तर कायम गरियोस ।

८ अहिलेको अवस्थामा खाद्य अभाव भई भोकमरकिो संकट आउन सक्ने प्रबल संम्भावना रहेकोले वर्तमान अवस्थामा कृषि क्षेत्रलाई प्राथमिकतामा राखि बिउ विजन र रसायनिक मलको सहज उपलब्धता, कृषि उत्पादनको बजारको सुनिश्चितता र अनुदान मार्फत कृषि क्षेत्रलाई तत्काल सहयोग पु¥याउने व्यवस्था गरियोस । 
९ जिल्लामा दिन प्रति दिन संक्रमितहरु थपिनेक्रम बढेकोले हरेक स्थानीय तहमा पूर्ण व्यवस्थित आइसोलेसन सेन्टर बनाउन आवश्यक प्रबन्ध मिलाइयोस ।

जय नेपाल
मा.कर्णबहादुर मल्ल, सभापति        
                        

 

कमेन्ट लोड गर्नुस