सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्रदेश सांसदको भरणपोषणका लागि १ रुपैँया संकलन अभियान सुरु

२०७७ असार १, ०७:०२ खबर संवाददाता

धनगढी : धनगढीमा प्रदेश सांसदको भरणपोषणका लागि १ रुपैँया सहयोग अभियान सुरु भएको छ। खबरदारीका लागि युवा समूहले अभियान सुरु गरेको हो।

सुदूरपश्चिमको प्रदेश सभाको प्रवेशद्धारा नजिक भएको कार्यक्रममा एक/एक रुपैँया संकलन गरिएको छ। प्रदेश सभाका सदस्यहरुको पारिश्रमिक बृद्धि भएको बिरोधमा उनीहरुले बिरोद्द स्वरुप अभियान सञ्चालन गरेको बताएका छन्।

अभियन्ता विनोद देउवाले प्रदेश सरकारलाई खरदारी गर्न सडकमा आएको बताए। उनले कोरोना भाइरस (कोभिड–१९)को महामारीमा पनि बृद्धि भएको पारिश्रमिक लिएको भन्दै आपत्ति प्रकट गरे। उनीहरुले प्रदेश सरकारको बिरुद्दमा लेखिएका विभिन्न पोष्टरहरु पनि बोकेका थिए।

कमेन्ट लोड गर्नुस