सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा कोरोना संक्रमितको सङख्या ९३ पुग्यो, आज थपिए १३ जना

२०७७ असार १, ०४:५८ खबर संवाददाता

धनगढी: कैलालीका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ९३ पुगेको छ। सुदूरपश्चिममै सबैभन्दा बढि संक्रमित कैलालीमै रहेका छन्। आज कैलालीको टीकापुर नगरपालिकाका ८ जना, धनगढी उप–महनागरपालिकाका चार जना र बर्दगोरीया गाउँपालिकका एक जनामा कोरोना पुष्टि भएको हो।

कैलालीमा सबैभन्दा बढि गौरीगंगा नगरपालिकामा २७ जनामा कोरोना संक्रमण देखिएको छ। यस्तै टीकापुर नगरपालिकामा २२ जना, धनगढी उप–महानगरपालिकामा १८ जना, जानकी गाउँपालिकामा ९ जना, चुरे गाउँपालिकामा ५ जना, लम्कीचुहा नगरपालिका ३ जना, गोदावरी नगरपालिकामा ४ जना, बर्दगोरिया गाउँपालिकामा दुई जना, भजनी नगरपालिका, घोडाघोडी नगरपालिका र मोहन्याल गाउँपालिकामा एकरएक जना कोरोना संक्रमित भेटिएका छन्।
संक्रमित मध्ये हाल सम्म नौँ जना निको भएर अस्पतालबाट घर फर्किसकेका छन्। एक जनाको मृत्यु भएको छ भने एक जना थप उपचारका लागि काठमाडौँ रेफर भएका छन्।

प्रदेशकै पहिलो पटक चैत १४ गते कोरोना संक्रमण देखिएका धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुष, त्यसपछि चैत २२ गते धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला, लम्कीका २१ वर्षीय युवक र  बैशाख १ गते संक्रमण पुष्टि भएकी लम्कीचुहा नगरपालिका वडा नम्वर १ की ६१ वर्षीय महिला कोरोनाई जितेर घर फर्किसकेका छन्।

जानकी गाउँपालिकाका ५ जना पनि कोरोनालाई जितेर डिस्चार्ज भएका छन्। अन्यको सेती प्रादेशिक अस्पताल, टीकापुर अस्पताल, महाकाली अस्पतालको आईसोलेसन वार्ड र सम्बन्धीत क्वारेन्टाइनमै राखेर उपचार भइरहेको छ।
कैलालीपछि कञ्चनपुरमा ६६, डडेल्धुरामा ३९, बाजुराका २१, अछामका २२, डोटीका ३७, बझाङमा १४, दार्चुलामा १२ र बैतडीमा २७ जनामा कोरोना पुष्टि भएको छ।

कमेन्ट लोड गर्नुस