सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा नवदुर्गाकाे वडा कार्यालयमा लगाइएको ताला खुल्यो

फाइल फोटो
फाइल फोटो
२०७७ जेठ ३२, ०७:२८ खबर संवाददाता

डडेल्धुरा: क्वारेन्टिनमा बसेकाहरुको कोरोना रिपोर्ट नआई घर पठाएको भन्दै डडेल्धुराको नवदुर्गा गाउँपालिका –१ कोटेलीको वडा कार्यालयमा लगाइएको ताला खुलेको छ। 

शनिबार घर पठाइएका मध्ये २२ जनामा कोरोना पोजेटिभ देखिएको थियो। ततपश्चात बाँकी आरडीटी पोजेटिभ आएकाहरूको पुनः आरडीटी गरी घर पठाइएपछि ताला खोलेको स्थानीय युवा मदन बोहराले बताए।

आइतबार बसेको सर्वदलिय बैठकमा स्थानीय सरकारका प्रतिनिधिहरुले गल्ती भएको आत्मआलोचना गरेपछि आफुहरुले लगाएको ताला खोलेको उनले बताए। 

शनिबार त्यहाँका स्थानीयले टायर बालेर स्थानीय सरकारको विरोध गर्दै वडा कार्यालयमा तालाबन्दी गरेका थिए। 

कमेन्ट लोड गर्नुस