सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा क्वारेन्टिनमा बसेकाको रिपोर्ट नआई घर पठाएको भन्दै वडा कार्यालय घेराउ

२०७७ जेठ ३१, ०५:४७ खबर संवाददाता

धनगढी : डडेल्धुरामा क्वारेन्टिनमा बसेकाहरुको कोरोना रिपोर्ट नआई घर पठाएको भन्दै वडा कार्यालय घेराउ गरिएको छ। क्वारेन्टिनमा बसेकाहरुको आरटिडी रिपोर्ट पोजेटिभ आएकोमा उनीहरुको पिसीआर रिपार्ट नआई घर पठाएको भन्दै जिल्लाको नवदुर्गा गाउँपालिका –१ कोटेलीको वडा कार्यालय घेराउ गरिएको छ।

स्थानीयले टायर बालेर स्थानीय सरकारको विरोध गरेको स्थानीय युवा श्याम ओलीले बताए। ‘५६ जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ, त्यपछि पिसीआर परीक्षणका लागि धनगढी प्रयोगशालामा पठाइएकोमा उनीहरुको रिपोर्ट नआइकनै घर पठाइएको छ। स्थानीय सरकारले झन जोखिम बढाउने कार्य गरेको छ। साेही कारण यो प्रदर्शन गरेका हौं’ उनले भने।  स्थानियले उक्त विषयमा भोली पनि प्रदर्शन गर्ने अर्का युवा टंक अवस्थीले जानकारी दिए।  

शनिबार मात्रै नवदुर्गा गाउँपालिकाका २३ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा डडेल्धुराको नवदुर्गाका २३ र अमरगढीका गरी २४ जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

कमेन्ट लोड गर्नुस