सेती अस्पतालमा उपचाररत खड्कालाई कला संस्कृति संरक्षण समूह डोटीद्वारा आर्थिक सहयोग
कला संस्कृति संरक्षण समूह डोटीले सेती अस्पतालमा उपचाररत योगेन्द्रबहादुर खड्काको उपचारार्थ आर्थिक सहयोग जुटाएको छ। समूहसँग आबद्ध विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरुबाट संकलन गरीएको रकम संस्थाका सदस्य कर्णबहादुर बोगटीले अस्पतालमै गएर हस्तान्तरण गरेका छन्।
वाटिकामा नयाँ फूल फुलाऔँ भन्ने आदर्श वाक्यका साथ २०६१ सालमा स्थापित उक्त संस्था कला संस्कृतिको क्षेत्रमा मात्र सीमित नरही सेवा, सहयोग र सामाजिक जागरणका क्षेत्रमा पनि सक्रिय छ।
ख्ड्कालाई १० हजार एक सय पाँच नगद सहयोग गरीएको हो। लोकराज पाठक, भोजराज ओझा र गाङ्गी बलायरको संयोजकत्वमा गठित आर्थिक सहयोग सङ्कलन समितिमा गणेशप्रसाद उपाध्याय, डिलबहादुर महरा, पदमराज उपाध्याय र कर्णबहादुर बोगटीबाट रकम सङ्कलन भएको संस्थाका संस्थापक अध्यक्ष तीर्थराज जोशीले बताए।