डडेल्धुरामा मृत अवस्थामा चितुवा फेला
२०७७ जेठ २९, ०३:५०
डडेल्धुरा : डडेल्धुरामा चितुवा मृत अवस्थामा फेला परेको छ। बिहिबार जिल्लाको अजयमेरु –१ समैजी पुइलेकको जंगलमा मृत अवस्थामा चितुवा फेला परेको डिभीजन वन कार्यालय डडेल्धुराले जनाएको छ।
चितुवालाई मृत अवस्थामा भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै प्रहरी र वनको टोलीको रहोवरमा मृत चितुवालाई ल्याएर व्यवस्थापन गरिरहेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए।
कमेन्ट लोड गर्नुस