दारी ग्याङ डडेल्धुराले क्वारेन्टिनमा खाजा खुवायो
धनगढी : दारी ग्याङ डडेल्धुराले क्वारेन्टिनमा खाजा नास्ता खुवाएको छ। जिल्लाको आलिताल गाउँपालिका वडा नम्वर ४ मा रहेका कालिका प्राथमिक विद्यालय र कृष्ण कालिका माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेकाहरुलाई चाउचाउ र फ्रुटी वितरण गरीएको हो।
घरेलु लामजेली बहुउद्देश्यीय खानेपानी संस्थाको सहकार्यमा खाजा खुवाईएको हो। साथै डेउडा गीत गायर मनोरञ्जन पनि गरिएको थियो।
क्वारेन्टाइनमा सरसफाइ पनि गरिएको आलिताल संयोजक बरुण मडैले जानकारी दिए। यस्तै दारी ग्याङ अजयमेरुले क्वारेन्टाइनमा आवश्यक पर्ने दाउरा सहयोग गरेको अजयमेरू संयोजक हिमाल ऐरले जानकारी दिए।