सुदूर नेपाललाई विश्वसँग जोड्दै

अस्पतालका कर्मचारीको मेडिकलमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना, आमा सरकारी कार्यालयमा कार्यरत

२०७७ जेठ २७, ०३:४९ आशिष मल्ल

डडेल्धुरा : डडेल्धुरामा पहिलोपटक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार जिल्लामा भेटिएका सात जना संक्रमित मध्ये अमरगढी नगरपालिका– ५ की १८ वर्षीया युवती स्वास्थ्यकर्मी भएको खुलेको छ।

उनी डडेल्धुरा अस्पताल नजिकै रहेको एक मेडिकलमा कार्यरत छन्। र उक्त मेडिकल अस्पतालमै कार्यरत एक कर्मचारीले सञ्चालन गरिरहेको  स्रोतले बताएको छ। ती युवतीकी आमा डडेल्धुराको एक सरकारी कार्यालयमा कार्यरत कमचारी भएको समेत स्रोतले जानकारी दिएको छ। 

कन्ट्याक्ट ट्रेसिङ हुँदै
ती युवतीमा कोरोना संक्रमण भेटिएपछि अहिले उनीसँग सम्पर्कमा रहेकाहरुको खोजी कार्य गरी कोरोना परीक्षणका लागि स्वाब लिने काम भइरहेकोे स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोलर सुपरभाइजर तथा कोभिड १९ डडेल्धुराका सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले बताए। ‘संक्रमित युवतिसँग सम्पर्कमा रहेकाहरुको पहिचान भइसकेको छ, परिवारका सदस्य र केही स्वास्थ्यकर्मीको स्वाव समेत लिइएको छ’ उनले भने। 

सोमबार धनगढीस्थित कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा डडेल्धुरामा सात जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो। तीमध्ये परशुराम नगरपालिकाको जोगबुढाका २५, ५७ र २२ वर्षीय गरी ३ पुरुष, नवदुर्गा गाउँपालिकाका २० र २१ वर्षीय पुरुष, अमरगढी नगरपालिका ५ की १८ वर्षीया महिला र वडा नम्बर १ का ४५ वर्षीय पुरुष रहेका छन्।

 

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस