अनेरास्ववियू डडेल्धुराद्वारा एमसिसीको विरोध
डडेल्धुरा : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(अनेरास्ववियू) डडेल्धुराले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा प्रदर्शन गरेको छ। मंगलबार जिल्लाको बसपार्क क्षेत्रमा विभिन्न नारासहितको पम्प्लेट टाँसेर उनीहरुले विरोध जनाएका हुन।
‘राष्ट्रघाती एमसिसी सम्झौता खारिज गर, अमेरिकी सम्राज्यवाद मुर्दावाद, राष्ट्रिय स्वाधिनताको रक्षा गरौं’ लगायतका नारासहितका पम्प्लेट टाँसेर एमसिसीको विरोध गरेको अनेरास्ववियू संयोजक सन्तोष भट्टले बताए।