सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका स्थानीय तहले पीसीआर मेसिन खरिद गर्ने

२०७७ जेठ २६, ०८:०१

धनगढी : बझाङका स्थानीय तहले पीसीआर मेसिन खरिद गर्ने भएका छन्। सुदूरपश्चिममा एक मात्रै पीसीआर मेसिन हुदा परीक्षण गर्न ढिलाई भईरहेका कारण जिल्लामै प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको जनप्रतिनिधिले जनाएका छन्।

आज जिल्ला समन्वय समिति, सबै स्थानीय तहका प्रमुखसहित सरोकारवालाको कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए।

प्रयोगशाला स्थापनाका लागि प्रत्येक गाउँपालिकाबाट १० लाख, नगरपालिकाले १५ लाख र समन्वय समितिले १५ लाख रकम जम्मा गर्ने निर्णय गरिएको उनले बताए।

उक्त रकम सबै स्थानीय तहले असार १ गतेभित्रै जिल्ला विपद् व्यवस्थापन समितिको खातामा जम्मा गरिसक्नु छ भने त्यसपछि मेसिन खरिद प्रक्रिया अघि बढाइने बताईएको छ।
 

कमेन्ट लोड गर्नुस