सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा थपिएका ७ जना कोरोना संक्रमित कुन ठाउँका कति ?

२०७७ जेठ २६, ०७:१३ खबर संवाददाता

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा सोमबार एकै दिन ३७ जनाको कोराना संक्रमण पुष्टि भएको छ। धनगढीस्थित कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा यहाँका थप ३७ जनामा कोरोना संक्रण पुष्टि भएको छ।

ती मध्ये डडेल्धुरामा सात जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये परशुराम नगरपालिकाको जोगबुढाका २५, ५७ र २२ वर्षीय गरी ३ पुरुष, नवदुर्गा गाउँपालिकाका २० र २१ वर्षीय पुरुष, अमरगढी नगरपालिका ५ की १८ वर्षीया महिला र वडा नम्बर १ का ४५ वर्षीय पुरुष रहेका छन्। 

डडेल्धुरामा यसअघि ७ जनालाई कोरोना पुष्टि भएको थियो। जसमध्ये एकजना मात्रै निको भएर डिस्चार्ज भएका छन्। योसँगै आज थपिएका संक्रमितसहित डडेल्धुरामा कुल संक्रमितको संख्या १४ पुगेको छ। 

 

कमेन्ट लोड गर्नुस