आरडिटी परीक्षणले झन मनोवैज्ञानिक त्रास
-डिआर पनेरु
सुदूरपश्चिम प्रदेशमा भारतमा रोजगारी गुमाएर भित्रीएका ६० हजार नेपाली क्वारेन्टाइन बसेका छन्। क्वारेन्टाइनमा बसेका यिनिहरुमध्ये स्थानीय सरकार क्वारेन्टिन स्थलहरु भरिएको भन्दै नौ दिनमै आरडीटीबाट परिक्षण गर्दै धमाधम घर पठाउदै छ। जसलेगर्दा गाउँमा जोखिमसँगै त्रास बढेको छ।
आरडिटी परीक्षण गरेर घर पठाएका उनीहरुमै कोरोना छैन भनेर ढुक्क रहने अवस्था छैन। एकातिर आफैमा कोरोनाको त्रास छ भने अर्कोतिर परिवार, समाजले कोरोना कहरले शंकाको दृष्टिकोणले हेर्दा उनीहरुमा झन मनोवैज्ञानिक त्रास बढेको छ।
सुदूरप्रदेशमा शुक्रबारसम्म आरडिटी र पीसीआर विधीबाट ३६ हजार ७ सय ७९ जनाको जाँच गरिएको छ। जसमा पिसिआरबाट ४ हजार ५ सय ४७ जनाको मात्र परिक्षण भएको छ। जो परिक्षणको गति न्यून छ।
एक त आरडीटी टेष्ट आफैंमा भरपर्दो छैन। यसबारे विश्वभर प्रश्न उठ्दै आएको छ। त्यसमाथि अहिले देशभरका अधिकांश क्वारेन्टिन मापदण्ड अनुसारका छैनन्। संक्रमण सार्ने अखडा बनेका क्वारेन्टिनमा बसेकाहरुलाई आरडीटी टेष्ट गरेर गरेर घर पठाउदा सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा रहेको छ। स्वास्थ्य विज्ञहरुल आरडीटी टेस्ट भरपर्दो नरहेको र आरडिटिमा भरपर्दा घातक हुने चेतावनी दिएका छन्।
यसले कोरोना संक्रमणलाई घर–घरमा पु¥याउन सक्ने उनीहरु बताउदै आएका छन्। बिहिबार मात्रै पश्चिम सुर्खेतमा आरडीटी नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्किएका युवकको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ। अब स्थानीय सरकारले राहतभन्दा पिसिआर मार्फत कोरोना परिक्षणलाई जोड दिनु जरुरी छ।