सुदूर नेपाललाई विश्वसँग जोड्दै

चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाल नियुक्त

२०७७ जेठ २२, १०:५४ खबर संवाददाता

चलचित्र विकास बोर्डको अध्यक्ष पदमा दयाराम दाहाल नियुक्त भएका छन्। आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले दाहाललाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दाहालसँगै भुवन केसी र राजेश थापा (तीन जना) को नाम सिफारिस गरेको थियो।

गत बिहीबार मन्त्रालयले दरखास्त दिने १० जनामध्ये तीनजनाको नाम मन्त्रिपरिषद् समक्ष सिफारिस गरेको थियो। भुवन केसी, दयाराम दाहाल र राजेश थापासँगै भगवतीकुमारी मैनाली, सोहित मानन्धर, अर्जुनकुमार डङ्गोल, राजेन्द्रकुमार उप्रेती, ध्यानबहादुर सुब्बा, परशुराम चौधरी र दीपक श्रेष्ठले अध्यक्ष पदका लागि आवेदन दिएका थिए।

१० जनाको आवेदन परेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सह–सचिव राधिका अर्यालको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो। सोही समितिले मन्त्रिपरिषद समक्ष तीनजनाको नाम सिफारिस गरेको थियो।
 

कमेन्ट लोड गर्नुस