सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको क्वारेन्टिनमा बस्नेको संख्या साढे चार हजार

२०७७ जेठ २२, ०४:२८ रासस

डडेल्धुरा : भारतबाट जिल्ला फर्किनेको संख्या बढ्दै गएपछि स्थानीय तहलाई व्यवस्थापनको चुनौती बढ्दै गएको छ।

 जिल्लामा रहेका दुई नगरपालिका र पाँच गाउँपालिबाट झण्डै ३० हजार व्यक्ति भारत गएको तथ्याङ्क छ भने अहिलेसम्म आठ हजारको हाराहारीमा मानिस जिल्ला फर्किएको तथ्याङ्क जिल्ला प्रशासन कार्यालयसँग छ। जसमध्ये सुदूरपश्चिमका सबै जिल्लामा सङ्क्रमित देखिएसँगै जोखिम बढ्दै गएको छ। महामारीलाई मध्यनजरमा राखेर डडेल्धुराका सातै स्थानीय तहले हरेक वडामा क्वारेन्टिनको व्यवस्था गरेको छ।

जिल्लाभरि सतावटा स्थानीय तहले १४० बटा बनाएका क्वारेन्टिनमा चार हजार ४९९ जना रहेको जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जनाएको छ। अहिले जिल्लाका तीन हजार ९९८ पुरुष, ३११ महिला र १७० बालबालिका रहेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए। 

जिल्लामा ६ हजार २२५ जनालाई राख्न सक्ने क्षमताका क्वारेन्टिन तयार भएको भए पनि हालसम्म चार हजार ४९९ जना क्वारेन्टिनमा रहको प्रजिअ पन्तले बताए।

कमेन्ट लोड गर्नुस