सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजरायलमा ७ हजार विद्यार्थी र शिक्षक क्वारेन्टिनमा, ४० बढी स्कुल बन्द

२०७७ जेठ २२, ०५:५८ खबर संवाददाता

इजरायलमा कोरोना संक्रमणका कारण  ७ हजार विद्यार्थी र शिक्षकलाई क्वारेन्टिनमा राखिएको छ भने ४० भन्दा धेरै विद्यालय बन्द गरिएको छ। 

इजरायल सरकारका अनुसार अरु विद्यालय खुला नै रहने छन्। पछिल्लो समय जेरुसेलमको जिम्नेसिया हाई स्कुल कोरोना भाइरसको एक हटस्पट बनेको थियो, जहाँ सबैभन्दा धेरै नयाँ सङ्क्रमण देखिएको थियो। त्यहाँ झण्डै एक सय ३० विद्यार्थी अन्य व्यक्ति सङ्क्रमित भएको पाइएको थियो। 

स्थानीय सञ्चारमाध्यममा आएको खबरका अनुसार एक शिक्षकबाट सङ्क्रमण फैलिँदा ठूलो सङ्ख्यामा मानिसहरु सङ्क्रमित भएका हुन्। 

विद्यालय र दोस्रो संस्थानमा महामारी फैलिँदा इजरायलमा सङ्क्रमणको दोस्रो अवस्था सुरु हुने हो कि भन्ने चिन्ता थपिएको छ। मङ्गलबार त्यहाँ एक सय १६ नयाँ सङ्क्रमित थपिएका थियो, यो सङ्ख्या पछिल्लो एक महिनाकै सबैभन्दा धेरै हो। यद्यपि इजरायलमा अहिलेसम्म १७ हजार तीन सय ४२ जना सङ्क्रमित भएका छन् भने दुई सय ९० जनाको ज्यान गएको छ, यो विश्वका केही देशको तुलनामा कम हो। 

इजरायलमा महामारी सुरु हुँदै लकडाउन लगाइएको थियो। अप्रिलको मध्यतिर प्रतिबन्ध खुकुलो बनाउन सुरु गरिएको थियो। विद्यालय, कार्यालय, पसल, रेस्टुरेन्ट र समुद्री तट खोलिएको थियो। एजेन्सी
 

कमेन्ट लोड गर्नुस