सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट उद्धार गरिएका मजदुरलाई दैलेख पुगाएर फर्किदै गरेको बस दुर्घटना

२०७७ जेठ २१, ०७:५६ खबर संवाददाता

कञ्चनपुर : कञ्चनपुरबाट उद्धार गरिएका मजदुरलाई दैलेख पुगाएर फर्किदै गरेको बस दुर्घटनामा पर्दा चालकको मुत्यु भएको छ। जिल्लाको गुराँस गाउँपालिका–४ घोडावासमा बुधवार बस दुर्घटना हुँदा सहचालक घाइते भएका छन्।  

कञ्चनपुरको गड्डा चौकी नाकाबाट दैलेखको तल्लो डुंगेश्वरका नागरिक लगेर गएको ना ५ ख १६८५ नम्बरको बस दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो। बसका सहचालक घाइते भएको दैलेखका प्रहरी प्रमुख हरि बहादुर वलीले बताए। 

बुधवार साँझ करिब पाँच बजेतिर दुर्घटना भएको बस सडकबाट ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।  दुर्घटनामा मुत्यू हुनेमा कन्चनपुरको भीमदत्त नगरपालिका–५ का ४० वर्षीय चालक कल्याणसिंह बोहरा रहेको प्रहरी प्रमुख वलीले बताए।  

घाइते हुनेमा सहचालक भीमदत्त नगरपालिका–५ का ३५ वर्षीय जयरा अवस्थी रहेका छन्। बस के कारणले दुर्घटनामा परेको खुलेको छैन। घाइते सहचालकलाई उपचारका लागि सुर्खेत लगिएको छ।
 

कमेन्ट लोड गर्नुस