सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा भारतबाट फर्किएकी महिलाको क्वारेन्टिनमा मृत्यु

२०७७ जेठ २१, ०८:५२ खबर संवाददाता

डडेल्धुरा : डडेल्धुरामा भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकी महिलाको मृत्यु भएको छ। जिल्ला गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको हो।

गन्यापधुरा गाउँपालिकाकी उपाध्यक्ष कमला ठगुन्नाले जेठ १८ गते कैलालीको त्रिनगर नाका भएर फर्किएकी महिलाको गएराती मृत्यु भएको बताईन्। राति श्रीमानसँगै शौचालय गएकी उनी एक्कासी बेहोस भएपछि मृत्यु भएको बुझिएको उपाध्यक्ष ठगुन्नाले बताईन्।

उनको आरडिटी र पीसीआर परीक्षण गरिएको छैन्। 
 

कमेन्ट लोड गर्नुस