सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोटरसाईकलमै सेती अस्पताल पुगे कोरोना संक्रमित स्वास्थ्यकर्मी

२०७७ जेठ २१, ०८:०१ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेशमा पहिलो पटक स्वास्थ्यकर्मीमा पनि कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। कञ्चनपुरको पुर्नवासमा कार्यरत एकजना स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण पुष्टि भएको हो।

धनगढी स्थित प्रयोगशालामा गरिएको परीक्षणका क्रममा पुर्नवास नगरपालिकामा कार्यरत ३६ वर्षीय स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो। कोरोना पुष्टि भएको जानकारी पाएपछि १० मिनेटमै सेती प्रादेशिक अस्पताल पुगेका थिए।

आफ्नै मोटरसाईकलमा उनी अस्पताल पुगेका हुन्। अहिले उनलाई सेती अस्पतालको आईसोलेसनमा राखिएको छ। 
 

कमेन्ट लोड गर्नुस