सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी क्वारेन्टाइनमा बसेका महिला र बालबालिकाहरुलाई रोटरी क्लबको सहयोग

२०७७ जेठ १९, ०१:०० खबर संवाददाता

रोटरी क्लब अफ धनगढीले क्वारेन्टाइनमा बसेका महिला तथा बालबालिकाहरुलाई विभिन्न सामाग्री हस्तान्तरण गरेको छ।

क्लबका महिला सदस्यहरुले क्वारेन्टाइनमा बसेका महिलाका लागी सेनिटरी प्याड, अन्डरवेयर, साबुन सेम्फु लगायतका सामाग्री बितरण गरेका हुन्। यस्तै बालबालिकाका लागी कलर, पेन्सिल, कपि, चकलेट लगायतका सामाग्री बितरण गरिएको क्लबका सदस्य भगवती बडालले बताइन्।

यस्तै क्वारेन्टाइन बस्दाको अवस्थामा महिनावारी भए सरसफाइका उपाय बारे क्लबका सदस्य तथा स्वास्थ्यकर्मी सुनिता खत्रीले जानकारी गराएकी थिइन्।

क्लबका डाइरेक्टर डाक्टर प्रतिक्षा सिंह राठौरको नेतृत्वमा महिला सदस्यहरुले धनगढी स्थित बि पोलिरेक्निक ईन्स्टिच्युटको क्वारेन्टाइन रहेका महिला तथा बालबालिकाहरुलाई उक्त सामाग्री बितरण गरिएको अध्यक्ष हरिशंकर ठाकुरले बताए। उक्त ईन्स्टिच्युट निशुल्क रुपमा क्वारेन्टाइनका लागि उपलब्ध गराएकी हिरा भण्डारीले क्लबले गरेको सहयोगप्रती धन्यवाद ज्ञापन गरिन्।

कमेन्ट लोड गर्नुस