सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रिन्सिपल मृत्यु प्रकरणको अनुसन्धानका लागि सिआइबीको टोली कैलाली पुग्यो

२०७७ जेठ १९, १०:०९ खबर संवाददाता

धनगढी : कैलालीको गौरिगंगा नगरपालिको मसुरियामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका प्रिन्सिपल कृष्णप्रसाद भुसाल मृत्यु प्रकरणको अनुसन्धानका लागि काठमाडौबाट सआईबीको टोली कैलाली पुगेको छ।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्वर ९ का ४० वर्षीय भुसालको मृत्यु प्रकरणको अनुसन्धानका लागि सिआईबीको टोली कैलाली पुगेको हो। उक्त टोलीले आजदेखि अनुसन्धान थाल्ने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। 

बैशाख ११ गते मृत फेला परेका भुषालको हत्या भएको आशंकामा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएकोमा पाँचै जनालाई प्रहरीले छोडिसकेको छ। 
 

कमेन्ट लोड गर्नुस