सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा निर्माणाधिन घरको तेस्रो तलाबाट खसेर युवकको मृत्यु

फाईल फोटो
फाईल फोटो
२०७७ जेठ १९, ०६:३१ खबर संवाददाता

धनगढी : कैलालीमा निर्माणाधिन घरको छतबाट खसेर युवकको मृत्यु भएको छ।

जिल्लाको लम्कीचुहा नगरपालिकाको मोतिपुरमा स्थानीय निर्मल सिहको निर्माणाधिन घरको तेस्रो तलाबाट खसेर घाईते भएका लम्की १० का ३२ वर्षीय अमित चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले छतबाट खसेर घाईते भएका चौधरीको लालरत्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए।

ती युवक उक्त घरमा डकर्मीको रुपमा काम गर्दै आएका थिए।
 

कमेन्ट लोड गर्नुस