सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुर जिल्ला अदालतः मुद्दा फर्छ्यौटमा सुधार

२०८३ साउन २, १०:१२ खबर संवाददाता

महेन्द्रनगरः कञ्चनपुर जिल्ला अदालतले आर्थिक वर्ष २०८२/८३ मा ६९.३४ मुद्दा फर्छ्यौट गरेकोे छ । अदालतले आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादन विवरण सार्वजनिक गर्दै मुद्दा फर्छ्यौटमा उल्लेखनीय सुधार गरेको तथ्याङ्कले देखाएको छ ।

शुक्रबार सञ्चारकर्मीसितको अन्तरक्रिया कार्यक्रममा जिल्ला अदालतका न्यायधीश राजेन्द्र भण्डारीले लक्ष्यको १०८ प्रतिशत मुद्दा फर्छ्यौट गरिएको जानकारी दिए। उनले अघिल्लो वर्षको जिम्मेवारी सरेर आएका ६८८ मुद्दा र नयाँँ दर्ता भएका एक हजार ५२० मुद्दा गरी दुई हजार २०८ मुद्दा दर्ता रहेका थिए । यसमा एक हजार ४११ वटा मुद्दा फर्छ्यौट गर्ने लक्ष्य रहेकोमा एक हजार ५२४ वटा मुद्दा फछ्र्यौट भएको जानकारी दिनुभयो । “६९.३४ प्रतिशत मुद्दा फछ्र्यौट भएको छ ।” उनले भने, “६८४ मुद्दा फछ्र्यौट हुन बाँकी छ ।” 

त्यसैगरी अदालतको तथ्याङ्कअनुसार जरिवाना असुलीतर्फ कुल ३० करोड १४ लाख ९७ हजार ३३२ रुपैयाँमध्ये पाँच करोड १३ लाख ५१ हजार ९०७ रुपैयाँ असुल भएको छ । रु २५ करोड एक लाख ४५ हजार ४०५ रुपैयाँ अझैँ सङ्कलन गर्न बाँकी रहेको छ ।
 
“पछिल्लो समय मुद्दा दर्ताको सङ्ख्या बढी छ त्यसअनुसार स्रोत साधन नहुँदा समस्या भएको छ ।” न्यायधीश भण्डारीले भने, “हाल दुई वटा ईजलास रहेको एउटा इजलास थप गर्न सकिए मुद्दा समयमै फछ्र्यौट हुन्छन ।” उहाँले केही मुद्दाको प्रमाण समयमा नआउँदा फछ्र्यौटमा ढिलाइ हुने गरेको जानकारी दिए।

अदालतले फैसला कार्यान्वयन फरार प्रतिवादी खोजी तथा जरिवाना र क्षतिपूर्ति असुली प्रक्रियालाई तीव्र बनाएपनि लक्ष्य अनुसारको काम हुन नसकेको जनाएको छ । मुद्दा फछ्र्यौटमा उल्लेखनीय सुधार भएपछि अदालत कर्मचारी एवं प्रहरी कर्मचारी सम्भावित भएका छन् ।

कमेन्ट लोड गर्नुस