सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको सरस्वती क्वारेन्टिनमा राखिएका ४५ जना मध्ये ७ जनामा कोरोना

२०७७ जेठ १८, ०७:२३ खबर संवाददाता

धनगढी : कैलालीको जानकी गाउँपालिकास्थित सरस्वती माविको क्वारेन्टिनमा राखिएका ४५ जना मध्ये ७ जनामा कोरोना पुष्टि भएको छ। आज थप एक जनामा कोरोना पुष्टि भएसंगै उक्त क्वारेन्टिनमा रहेका संक्रमितको सङख्या ७ पुगेको हो।

यसअघि जेठ ९ गते सोही क्वारेन्टिनमा रहेका तीन जना, १२ गते एक जना र १५ गते एक जनामा कोरोना पुष्टि भएको थियो। ७ जना संक्रमित मध्ये पाँच जना भारतबाट आएका हुन् भने एक जना इटहरी र एक जना बाँकेबाट जानकी गाउँपालिका पुगेका हुन्। 

जानकी गाउँपालिकाका अध्यक्ष प्रदिप कुमार चौधरीका अनुसार उक्त क्वारेन्टिनमा अब ३८ जना बाँकी छन्।

कमेन्ट लोड गर्नुस