सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको त्रिनगर नाकाबाट उद्दार जारी, अहिले सम्म १२ सय भित्रिए

२०७७ जेठ १६, ०१:०६ खबर संवाददाता

धनगढी : कैलालीको त्रिनगर नाकाबाट आज पनि उद्दार जारी राखिएको छ। कोरोना भाईरसको प्रभावपछि भारतमा अलपत्र परेका मजदुरहरुको स्थानीय प्रशासनको समन्वयमा उद्दार भईरहेको हो।  

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले बिहानदेखि अहिले सम्म एक हजार एक सय ९१ जनाको उद्दार गरिएको जानकारी दिए। बस्नेतका अनुसार उद्दारको काम जारी राखिएको छ।

उद्दार गरिएकाहरुको स्वास्थ्य परीक्षण भने हुन सकेको छैन्। त्रिनगर नाकाबाट स्थानीय प्रशासनको समन्वयमा ११ दिनको अवधीमा २९ हजार नेपालीको उद्दार गरिएको छ।

उनीहरुको उद्दार गरी सम्बन्धीत स्थानीय तहको क्वारेन्टाईनमा पठाईरहेको प्रहरीले जनाएको छ। बीहिबार मात्र त्रिनगर नाकाबाट साढे चार हजार बढिको उद्दार गरिएको थियो। 
 

कमेन्ट लोड गर्नुस