धनगढीका २ जना खैरो हेरोइनसहित पक्राउ
२०८३ साउन ४, ०८:३३
धनगढीः कैलालीको धनगढीका २ जना खैरो हेरोइनसहित पक्राउ परेका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका–३ फिस रिसोर्ट नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन ५० मिलिग्रामसहित २ जनालाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय कृष्ण चौधरी र १९ वर्षीय सुशिल घर्तीमगर रहेका छन्। प्रहरी चौकी त्रिनगर, कैलालीबाट खटिएको प्रहरीले शंका लागि चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस