बझाङबाट ९ जना जुवाडे पक्राउ
बझाङः बझाङबाट ९ जना जुवाडे पक्राउ परेका छन्।
बझाङको जयपृथ्वी नगरपालिका–१० चैनपुर स्थित खुल्लामञ्च बस्ने ३२ वर्षीय प्रकाश विकको घर कोठामा जुवातास खेलिरहेको अवस्थामा निज प्रकाश बिकसहित ९ जनालाई आईतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
जुवातास खेलिरहेका छन भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले निजहरूलाई नगद ५३ हजार ९९० र खुल्ला तास ९ गड्डी र नखोलेको तास १ बण्डलसहित पक्राउ गरेको हो। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बझाङले अनुसन्धान गरिरहेको छ।