सुदूर नेपाललाई विश्वसँग जोड्दै

गीतकार रत्नशमशेर थापाको निधन

२०७७ जेठ १५, ०२:५८ खबर संवाददाता

गीतकार रत्नशमशेर थापाको ८३ वर्षीय उमेरमा निधन भएको छ। थापालाई छातीमा समस्या देखिएपछि हिजो साँझ नर्भिक इन्टरनेसनल हस्पिटल थापाथली भर्ना गरिएको थियो।

थापाको आज दिउँसो निधन भएको नर्भिक इन्टरनेसनल हस्पिटलका कार्यकारी निर्देशक राजेन्द्र सिंहले जानकारी दिए।  उनका स्वर्गकी रानी, गोरेटो त्यो गाउँको, घुम्तीमा नआउ है, ए कान्छा ठट्टैमा, फूलै फूलको मौसम, पन्छीमा राम्रो डाँफे, आँखामा मेरो, वसन्ती तिमी, बिछोडको पीडा...लगायत उनका दर्जनौं गीत लोकप्रिय छन्। 

वि.सं. १९९४ साउन १६ गते जन्मिएका थापाका दुई छोरा र श्रीमती छन् ।  
 

कमेन्ट लोड गर्नुस