सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई (कविता)

२०७७ जेठ ११, ०५:१२

मनिराज जोशी

मोदी ! सज्जन,शान्त भक्त हरिका हौ ब्रह्मचारी तिमी ।
सिंगोजीवन धर्मको पथलिंदै सुम्पी रहेका तिमी ।
लाखौं मानवका गरीव सवका आशा भरोशा तिमी ।
शोभा दिन्न महामहिम यसरी हेप्दा रहेछौ तिमी ।

अर्काको हकमा निरन्तर दुलो ढुक्ने बिरालो सरि ।
आफ्ना मित्र छिमेकको दुःख दिंदै साच्चै रहेछौ अरी ।
नेपाली जनता हजार पथमा उर्लेर गर्थे जय ।
हेपी ती जयकार माझ कसरी खोजी रहेछौ छय ।।

बाच्दैनौं छ अवश्य मर्नु सबले मर्छौ अवश्यै तर ।
अत्याचार थिचोमिचो किन ग-यौ बन्दै गयौ कांतर ।
तिम्रो जो यश मान शान पदवी गिर्दैछ जंघारमा ।
आफू बाँच र बाँच्न देउ जनता जन्मेर संसारमा । ।

लाखौं दीन विहीनका हृदयमा आघात पारी कन ।
लाखौंका घरबास गास बसना सर्वस्व पारी कन ।
बन्दै रावण एकछत्र धरणी जो गर्दछौ शासन ।
लाग्ला पाप विलाप दीन सवको पर्ला तिमीले रुन ।

लाँदैनन् संगमा जमीन जगमा एक्लै गए निर्धन
कस्तो शोच बनाउँछौ जगतको एकाधिकारी हुन ।
होला निश्चय "सत्यमेव जयते,, फर्केर हेर्ने गर।
पर्ला रात सदैव हुन्न दिउसो संझेर मात्रै मर ।।

कमेन्ट लोड गर्नुस