सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा अस्पतालका चार चिकित्सकसहित ७ जना क्वारेन्टाइनमा

२०७७ जेठ १०, ०१:१८ खबर संवाददाता

डडेल्धुरा  : डडेल्धुरा अस्पतालमा उपचार गराउन आएका एक युवकलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालका चार चिकित्सकसहित ७ जनालाई क्वारेन्टाइनमा राखिएको छ। 

अस्पतालमा स्क्रब टाइफसको उपचार गराउन आएका युवकलाई स्क्रव टाइफसको उपचार गरि घर फर्केका थिए। उक्त युवकमा शुक्रबार कोरोना पोजिटिभ देखिएपछि स्वाब संकलनमा खटिएका चार चिकित्सक र अन्य स्टाफहरू गरी सात जनालाई क्वारेन्टाइनमा राखिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले जानकारी दिए। उनीहरुको शनिबार थ्रोट स्वाब संकलन गरिने उनले जानकारी दिए।

डडेल्धुरा अस्पतालमा जेठ ६ गते उपचार गराउन आएका युवकामा स्क्रब टाइफस देखिएको थियो। स्वाब सकंलन पश्चात युवकलाई घरमै आराम गर्न सुझाउँदै अस्पतालले स्क्रब टाइफसको उपचार गरि घर पठाइएको थियो।

कमेन्ट लोड गर्नुस