सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको त्रिवेणीमा ६ सय शैयाको क्वारेन्टिन व्यवस्थापन गरिने

२०७७ जेठ १०, ०८:३६ खबर संवाददाता

बाजुरा- बाजुरा जिल्लाको  त्रिवेणी नगरपालिकाले थप ६ सय शैयाको क्वारेन्टिन व्यवस्थापन गर्ने भएको छ। यसअघि तीन सय शैयाको क्वारेन्टिन व्यवस्थापन गरिएकोमा शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले थप तीन सय गरी ६ सय शैयााको क्वारेन्टिन व्यवस्थापन गर्ने निर्णय गरेको नगरपालिकाका सदस्य तथा वडा नम्बर ३ का अध्यक्ष मीन भण्डारीले जानकारी दिए।

भारतले नाका खुकुलो बनाउन थालेपछि नगरपालिकाले भारतबाट आउने र नेपालकै विभिन्न शहरबाट आउनेका लागि छुट्टाछुट्टै क्वारेन्टिन व्यवस्थापन गर्दैछ। नगर कार्यपालिकाको बैठकले साविकाको छतारा, तोली र कैलाशमाण्डौ गाउँ विकास समितिमा रहेका स्वास्थ्यचौकीमा भवन पर्याप्त नभएकाले सामुदायिक विद्यालयमा क्वारेन्टिन व्यवस्थापन गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता, वडा नम्बर ७ का अध्यक्ष प्रेम थापाले बताए।

साविकको छतारामा २ सय, तोलीमा २ सय र कैलाशमाण्डौमा २ सय शैयाको क्वारेन्टिन व्यवसपन गरिने छ। साविकका तीनवटै स्वास्थ्य संस्थामा भवन पर्याप्त नभएका कारण बन्दाबन्दीको समयमा विद्यालयलाई क्वारेन्टिनका रूपमा प्रयोग गर्ने निर्णयानुसार क्वारेन्टिन निर्माण गरिएको नगरप्रमुख रामसिं रावलले बताए।

त्रिवेणी नगरपालिकाका नौ हजार  नागरिक देश तथा विदेशमा रहेकाको लगत सङ्कलन गरिएको नगरपालिको जनाएको छ। धनगढी, काठमाडौँ, महेन्द्रनगर र नेपालगञ्जलगायतका शहरमा अध्ययन र मजदुरी गर्न गएका र भारतका विभिन्न ठाउँमा रोजगारी गर्दै आएका तथा अन्य मुलुकमा गएका गरी पाँच हजार पाँच सय बढी जिल्ला बाहिर रहेको त्रिवेणी नगरपालिकाका नगरप्रमुख रावलले बताए।
 

कमेन्ट लोड गर्नुस